नेपाली कांग्रेस नुवाकोटले तीजको दर खुवायो,संस्कृतीको जगर्नाे गर्न नेताहरुको जोड
नुवाकोट,नेपाली कांग्रेस नुवाकोटले नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा आज दर खुवाएको छ ।
पार्टी कार्यलय विदुरमा भएको कार्यक्रममा कांग्रेस नेताहरुले नेपालीको कला र संस्कृति मौलिक भएकोले त्यसको जर्गेना गर्नुपर्ने बताएका छन । कार्यक्रममा संम्बोधन गर्दै प्रतिनिधिसभा सांसद वहादुरसिंह लामाले तीज नेपालीको महत्वपुर्ण पर्वभएकोले त्यसको रक्षा गर्न कांग्ेसले दर खाने कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
त्यस्तै काग्रेस नेता रमेश महतले संस्कृतीलाई जगेर्णा गर्ने नाममा चाडपर्वलाई भड्किलो गरी मनाउने परिपाटि बढेको भन्दै त्यसलाई रोक्न जिम्मेवारी भएर सबै लाग्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै कांग्रसका नेता ध्रुव अधिकारीले साधारण पोषाकमा जम्मा भएका महिलाहरुले चाडपर्व मनाउदा अरुलाई पनि सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । कार्यक्रममा तिज बिशेश शुभकामना आदान प्रदान सहित उपस्तित महिलाहरुले नाचगान गरेर तिज दर खाएका छन । दर खाने कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरु गरि ५सय भन्दा बढीकोे उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया