नुवाकोटको बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्न सांसद तामाङ निस्किए
नुवाकोट । वर्षा पछि आएको बाढी र पहिरो ग्रस्त क्षेत्र अवलोकनका लागि संघीय सांसद हितबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेका छन् ।
बाढी पहिरो निरीक्षणसंगै सांसद तामाङले आवश्यक राहत, सुरक्षाका लागि केन्द्र तथा प्रदेश सरकारलाई ध्यानाकर्षण समेत गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।
टोलीमा संविधानसभा सदस्य विमला सुवेदी, जिल्ला समन्वय प्रमुख रजिन्द्रसिं ठकुरी, सिडिओ, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, जिललास्थित सरकारी कार्यालय प्रमुखहरु, स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
सांस तामाङले मानवीय क्षति हुन नदिन र भएका क्षतिका मुल्यांकन गरि तत्काल राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न संवन्धित निकायलाई निर्देशन दिएका छन ।
टोलीले तादि र पञ्चकन्या गाउँपालिका जोडने आप्रह पुल, सातबिसे पुल, तादि र दुप्चेश्वर गाउँपालिका जोड्ने भ्याङ्ले पुल लिखुको ढिकुरे पुल, तादि ४ मा पहिरोको जोखिममा रहेको वस्ति, लगायतका ठाउँमा पुगेर क्षतिको अवस्था बुझेका छन ।
दुप्चेश्वर समुन्द्रटार हुँदै राउतबेशी जोड्ने अवरुद्ध सडकको अवस्थाबारे बुझ्दै तत्काल जनजीवन सहजताका लागि सबैले सहयोग गर्न गराउन अनुरोध गरेका छन ।
गए रातिको भीषण बर्षाको कारण नुवाकोट जिल्लाको विभिन्न क्षेत्रमा भौतिक सम्पत्तिको ठूलो क्षति पुराएको थियो । ढिकुरे बजारको पुल,आँपरहको पुल, सातविसेको पुल ,भ्याङ्लेको पुल र समुन्द्रटार स्थित चन्दद्रावती खोलाको निर्माणाधिन पुल तथा बुद्धभुमी हाइड्रोपावरलाई बाढीले ठुलो क्षति पुर्याउनुको साथै जोखिमयुक्त बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया