नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक प्रभाकर
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
यस्तै उनले दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनलाई रणजी ट्रफी जितेका थिए । ५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।
‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर । म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उनले भनेका छन् ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया