पेट्रोलको मूल्य घटेर आउँदा नेपालमा किन घट्दैन ?
विदुर खबर
२०७९ साउन १७ गते १८:०३
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/02/Sajha-Petrol-Pump.jpg)
नुवाकोट । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेकोप्रति सत्तारुढ दलका सांसदले नै सरकारको आलोचना गरेका छन् ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य २ पटक घटेर आउँदा पनि सरकारले नेपालमा किन मूल्य समायोजन नगरेको भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् । ‘भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर २ पल्ट मूल्यसूची पठाइसक्यो ।
तर नेपाल सरकारको पेट्रोलियम पदार्थको मूल्य घटाएर कुनै समायोजन गरेको छैन,’ उनले भने, ‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ । तर घटेर आउँदा मूल्य नघटनाउने देशमा महंगी बढेको छ ।
यातायातदेखि हरेक क्षेत्रमा महँगी बढेको छ । यसमा सरकारको ध्यानाकर्षण होस् ।’
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया