प्रभुले सेञ्चुरी बैंक प्राप्ति गर्ने ,स्वाप रेसियो एक÷एक
नुवाकोट । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएकाे छ। आइतबार दुवै संस्थाबीच सम्झाैता भएकाे छ।
सेन्चुरीलाई अक्वायर (प्राप्ति) गरेपछि बन्ने एकिकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहने सहमति भएको छ।
प्रारम्भिक सम्झाैताअनुसार सात सदस्यीय सञ्चालक समितिमा चारजना प्रभु बैंकबाट हुनेछन्। तीनजना हालको सेञ्चुरी बैंकबाट रहने भएका छन्।
प्रमुख कार्यकारीमा प्रभु बैंकका वर्तमान सीईओ अशाेक शेरचनले नै निरन्तरता पाउने छन्। दुई बैंकबीच प्राप्तिका लागि लामो छलफलपछि निष्कर्षमा पुगेको हो।
राष्ट्र बैंककाे नीति र अहिलेकाे अवस्थालाई ध्यान राखेर दुई बैंकबीच गाभ्ने गाभिने सहमति भएकाे शेरचनले बताए।
प्राप्तिपछि एकिकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ।
यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र संचित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया