अब कक्षा १२ मा ३५ प्रतिशत नल्याए स्नातक पढ्न नपाइने
नुवाकोट । कक्षा १२ का विद्यार्थीहले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाउने भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने निर्णय गरेसँगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ अवर्गीकृत प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन ।
विद्यार्थीले ‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन । बोर्डले अनिवार्य रूपमा ३५ प्रतिशत अर्थात डी ग्रेड पाएकालाई मात्र उत्तीर्ण भएको मान्यता दिने भएपछि माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै घट्ने अनुमान गरिएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिअनुसार सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिए । उनले ‘३५ प्रतिशतभन्दा कम अंक ल्याउने अनुत्तीर्ण वा सोसरह हुने बताए ।
गत वर्षसम्म विद्यार्थीले पाएको अंकलाई ९ समूहमा विभाजन गरिएको थियो । यो वर्ष ८ समुह रहने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा डी प्लस र ई समूह हटाइएको छ । नयाँ कार्यविधिमा डी प्लस हटाइएको छ ।
भदौ ११ र १२ मा एसईई ग्रेडवृद्धि परीक्षा
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले ९कक्षा १०० एसईईको ग्रेडवृद्धि परीक्षाको मिति तय गरेको छ ।
अन्तिम ग्रेड सी वा सीभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म र दुई विषयमै अनुपस्थित रहेका परीक्षार्र्थीहरूले ग्रेडवृद्धि पूरक परीक्षामा सहभागी हुन पाउने छन । परीक्षा भदौ ११ र १२ हुने गरी परीक्षाको तालिका सार्वजनिक गरिएको छ ।
पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई सम्बन्धित विद्यालयमार्फत् भदौ ५ गतेसम्ममा शिक्षा, विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फारम पेस गर्न सूचित गरिएको छ ।
परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरूमध्ये सबैभन्दा सानो अंक भएको कोड नं। पहिलो दिन र ठूलो अंक भएको कोड नं को विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुन पर्नेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचना बिना परीक्षा स्थगित नहुने सूचनामा जनाइएको छ ।
पनिकाले सम्बन्धित जिल्लाको सदरमुकामको विद्यालयमा परीक्षा केन्द्र हुने र एसईई परीक्षाको प्रवेशपत्र नै पूरक परीक्षाको लागि प्रवेशपत्र कायम गरिएको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया