दानसिंङ अस्पतालको शिलान्यास
विदुर खबर
२०७९ साउन १४ गते १७:२६
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको दानिसिंङमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।
गाउँपालिकाको दानसिंङमा ११ करोडको लागतमा सुबिधासम्पन्न अस्पतालको शिलान्यास गरिएको हो ।
शनिवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नं १ मा बन्ने १० शैयाको दानसिंङ अस्पतालको शिलान्यास गरेका हुन् ।
११ करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त अस्पताल निर्माणको काम आजैदेखि सुरु भएको छ । स्वास्थ्यकर्मीसहित २२ जना कर्मचारी रहने यो अस्पताल तारकेश्वरकै ठूलो र सुविधासम्पन्न अस्पताल हुने बताइएको छ ।
गाउँपालिकाबासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले आजैदेखि निर्माण कार्यको थालनी गरेको अध्यक्ष अधिकारीले बताए ।
Advertisement
उनले तल्लो भेगका नागरिकहरुको सहजतालाई मध्यनजर गर्दै छिटै अर्को अस्पताल निर्माणको काम सुरु गर्ने समेत जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया