खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु
विदुर खबर
२०७९ साउन १२ गते ८:५९
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।
उनलाई खोलाले १ किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन् ।
उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्य समेत भएको एमाले केन्द्रिय सदस्य विन्दा ढुंगानाले जनाइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया