एसईईको नतिजा सार्वजनिक

नुवाकोट । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १० को माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा निकालेको हो ।
बुधबार बसेको बोर्डको बैठकद्वारा सार्वजनिक गरेको नतिजामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । नतिजा अनुसार ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् ।
एसईई परिक्षा दिएकामध्ये ४१ हजार ६२७ जना विद्यार्थीहरुले ३.२० देखि ३.६०, ६९ हजार ९०० विद्यालर्थीहरुले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जना विद्यार्थीहरुले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
यसैगरी, २ देखि २.४ जीपीए ल्याउने एक लाख १२ हजार ७३३ जना छन् । १.६ देखि २ जीपीए ल्याउने एक लाख ५९४ जना छन् भने १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । २०७८ को एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
एसईईको नतिजा हेर्नकालागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइट क्लिक तथा आईभीआर र एसमएमएस गर्न सकिनेछ। यस्तै खल्तीले पनि नतिजा हेर्ने व्यवस्था गरेकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया