त्रिकोणात्मक शृंखला : नामिबियासँग नेपाल भिड्दै
नुवाकोट । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ ।
आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो ।
यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ।
नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ। तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुने छैन।
सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो। क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया