लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै
नुवाकोट । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ ।
शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ र अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान लगभग बनाइसकेको छ ।
यता नेपाल भने आधा खेल पनि खेलेको छैन । ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ ।
जारी शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि घरेलु टोली अमेरिकासँगको खेल रोमाञ्चक रुपमा बराबरी भएको थियो ।
ओमानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरे पनि त्यसपछि नेपाल र अमेरिकालाई हराउँदै लयमा देखिएको छ ।
पहिलो खेलमा समस्याको रुपमा रहेको नेपालको ब्याटिङ दोस्रो खेलमा केही सुधारिएको थियो । ओमानविरुद्ध पनि नेपालले त्यही सुधारिएको लयलाई कायम राख्नु जरुरी छ ।
लिग टू मा ओमानको अन्तिम खेललाई खल्लो बनाउने लक्ष्यमा रहेको नेपाल अघिल्लो हारको बदलासमेत लिन चाहन्छ । तर एक दिवसीयमा ओमान नेपालमाथि हाही बन्दै आएको छ ।
लिग टू मा अहिलेसम्म खेलेको ५ खेलमा ओमानले ४ खेल जित्दा नेपालले जम्मा १ खेल मात्र जितेको छ ।
यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया