रोल्पामा कांग्रेस र माओवादी कार्यकर्ताबिच झडप
विदुर खबर
२०७९ वैशाख २२ गते १७:१४

नुवाकोट । रोल्पामा चुनावी सभामै सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्य–कर्ताबीच झडप भएको छ ।

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा बुधबार राति झडप भएको हो । तालावाङ बजारमा चुनावी सभाकै क्रममा झडप भएको हो । उक्त झडपमा परी कांग्रेसका वडाअध्यक्ष मीनबहादुर डाँगी गम्भीर घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ ।
कांग्रेस वडाअध्यक्षका उम्मेदार मीनबहादुर डाँगीलाई उपचारका लागि दाङ पठाइएको छ । रोल्पा कांग्रेस क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोपाल घर्तीले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए । उनले भने, ‘उम्मेदवारलाई आक्रमण गर्न गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार गरे ।’
आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरेको माओवादी केन्द्रकाे दाबी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया