जनताको सेवक भएर काम गर्न कांग्रेस प्रवेश गरें : श्वेता खड्का
विदुर खबर
२०७९ वैशाख २० गते १६:४९
नुवाकोट । कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।
आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र रविन्द्र खड्कालाई पार्टी प्रवेश गराए ।
अभिनेत्री खड्काले अबदेखि आफू सक्रिय राजनीतिमा लाग्ने बताएकी छन् । समाजसेवा, फिल्म र व्यापारलाई सँगै अघि बढाउने जनाउँदै उनले कांग्रेसमार्फत महिलाका अधिकार उठाउने प्रतिबद्धता जनाएकी छन् ।
कलाकारलाई राजनीतिको ज्ञान हुनुपर्ने आवश्यकता औंल्याउँदै उनी स्वार्थ र पोजिसनको लागि राजनीतिमा नआएको दाबी गर्छिन् । पार्टी प्रवेशपछि अभिनेत्री खड्कासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया