विदुर ११ गेर्खुमा कांग्रेसको तर्फबाट वडाध्यक्षमा प्याुकरेल सर्वसहमत
विदुर खबर
२०७९ वैशाख ११ गते १२:२३
नुवाकोट । आसन्न स्थानिय निर्वाचनको लागि विदुर ११ गेर्खुमा नेपाली कांग्रेसले चन्द्रवहादुर प्याकुरेललाई वडाध्यक्षमा सर्वसहमत रुपमा सिफारिस गरेको छ ।
शुक्रवार बसेको नेपाली कांग्रेस विदुर ११ को ईकाइ कार्यसमितिले प्याकुरेलको नाम सर्वसहमत रुपमा सिफारिस गरेका ईकाइ सभापति शेरवहादुर घलेले जानकारी दिए ।
पुर्व गाविस सचिव रहेका प्याकुरेलले वडामा टिकट पाएसँगै २०७४ सालमा कांग्रेसले भोगेको पराजयलाई विर्साउन उनी सक्षम रहने बडावासीहरु बताउँछन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा कांग्रेसका रंगनाथ नेपाललाई पराजित गरि एमालेका तोथानथ तिम्सिनाले सुर्यको झण्डा फहराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया