आठ लाख नगदसहित १३ जना जुवाडे पक्राउ
विदुर खबर
२०७८ चैत २३ गते १८:५७

नुवाकोट । भक्तपुरको चागुँनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा ९कौडा० खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया