खुलेको एक साता पनि नबित्दै कलंकीको अण्डरपास अनिश्चितकालका लागि बन्द
विदुर खबर
२०७५ भदौ ७ गते १:०१
काठमाडाैँ , खुलेको एक साता पनि नबित्दै कलंकीको अण्डरपास अनिश्चितकालका लागि बन्द भएको छ । केही दिन्अघि मात्रै खुलाइएको काठमाडौं–कलंकीको अण्डरपास बन्द भएको हो । गत भदाै १ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउनेबारे कुनै टुंगो देखिएको छैन ।
चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको निर्माण कार्य नै बाँकी रहेको छ । अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतार गर्दा समस्या भएको भण्डारीले बताएका छन । आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया