स्वस्थ्य, सन्तुष्ट र खुसी जीवनको लागि क्षमाशिल बनौं
हामीभित्र त्यस्ता तत्व हुन्छन्, जसले हामीलाई रोगी बनाउँछ । घृणा, ईष्य, दम्भ त्यस्ता विषाक्त तत्व हुनु, जसले हाम्रो शरीरलाई रोगी र जिर्ण बनाउँछ । यी तत्वले हाम्रो सामाजिक जीवनलाई पनि कुरुप बनाइदिन्छ ।
कुनै पनि सम्वन्धमा गतिरोध आउनुको सबैभन्दा प्रमुख कारण हुन्छ, अहंकार । अहंकारले हाम्रो शान्त मनमा उथलपुथल सिर्जना गरिदिन्छ । यसबाट नचाहँदा नचाहँदै पनि मानिसमा निराशा, क्रोध, र घृणाबाट ग्रस्त हुन्छ । खासमा शरीरमा रोग पैदा गर्ने बिकार पनि यीनै हुन् । चिकित्सा विज्ञानले पुष्टि नै गरेको छ, क्रोधित, ईष्यालु मानिसमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।
त्यसैले जति धेरै विनयी, विनम्र, क्षमाशिल बन्न सक्छौं, उत्तिनै हाम्रो जीवन खुसी र सुखी हुन्छ । निरोगी हुन्छ । सन्तुष्ट हुन्छ ।
जुन व्यक्तिभित्र अहंकारको भावना प्रवल हुन्छ, उभित्र क्षमाशीलताको भावना उति नै कम हुन्छ । जुन व्यक्तिले जीवनमा प्रतिकुल परिस्थितिमा क्षमाशीलतालाई अपनाउँदै शान्त चित्त लिएर अघि बढ्छ, उ आफ्नो गन्तव्यमा सफलता पूर्वक अघि बढ्न सक्छ ।
जसले क्षमादानलाई अपनाउँदैन वा यसको अभ्यास गर्दैन, उसका लागि सुखको ढोका कहिल्यै खुल्दैन । क्षमाशीलता नै व्यक्तिको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष हो । क्षमाले व्यक्तिको व्यक्तित्वलाई उचाई प्रदान गर्छ । क्षमा नै त्यो सशक्त मान्ध्यम हो जसबाट मनुष्यको गरिमा बढ्छ । सुर र असुरबीचको अन्तर नै क्षमाशीलता हो ।
सबै धर्मको एउटै सार
फरक फरक धर्म वा समुदायले क्षमाशीलतालाई एक मतले स्वीकार गरेकिा छन् । आफ्नो हत्याराप्रति यशुले भनेका छन्, ‘हे ईश्वर, यसलाई क्षमा गर्नुस । किनभने यो आफ्नो कृत्यबाट अनभिज्ञ छ ।’
बौद्ध धर्मको मान्यता छ कि क्षमाशीलताले हानिकारक विचारहरुलाई मनमा आउन दिँदैन । इस्लाम धर्मले भन्छ, ‘अल्लाह सँधै क्षमाशील छन् ।’ हिन्दू धर्ममा क्षमादानलाई सबैभन्दा ठूला सदाचार भनिएको छ । जैन धर्ममा भनिएको छ, ‘क्षमा साहसी मानिसहरुको आभुषण हो ।’
क्षमाशीलताको महिमा अपार
आज सांसारिक परिवेशमा जुन अशान्तिको माहोल छ, त्यसको कारण नै क्षमाको अभाव हो । क्षमादान दिनु र क्षमा याचना गर्नु दुवै महानताको निशानी हुन् ।
क्षमा दिने व्यक्तिको तुलनामा क्षमा माग्ने व्यक्तिलाई पनि उत्तिकै महान मान्नुपर्छ । आफ्नो गल्तिप्रति क्षमा माग्दा उसको हृदयमा विनयशीलता बढ्छ । यसबाट उसको कद पहिलेभन्दा पनि माथि उठ्छ ।
आफ्नो मस्तिष्क र मनको शान्तिका लागि क्षमालाई अपनाएर हामी आफूलाई एक शान्त मनको मानिस बनाउन सक्छौ । शान्त मनबाट नै आध्यात्मिकताको जन्म हुन्छ । क्षमाशीलता ईश्वरले मानिसलाई दिएको सबैभन्दा ठूलो उपहार हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया