नुवाकोटमा चुनावी सरगर्मी बढ्यो
नुवाकोट । स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएसँगै नुवाकोटमा पनि दलहरु तीव्र तयारीमा जुटेका छन ।
दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा बहालवाला जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले चुनावी अभियान शुुरु गरिसकेका छन । स्थानीय तहको निर्वाचनलाइ लक्षित गरी दिनहुँ राजनीतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन ।
स्थानीय तहमा उम्मेदवारी दिने कतिपयले आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेका छन । यसअघि निर्वाचित अधिकांश बहालवाला जनप्रतिनिधिले फेरि पनि चुनाव लड्ने मनशाय बनाएका छन । स्थानीय तहको चुनाव आउन करिब ८ हप्ता बाँकी रहँदा कतिपय बहालवाला जनप्रतिनिधिले फेरि पनि चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन । उनीहरुले आफूले पहिला गरेको वाचाअनुसार काम गरेको दाबी गर्दै फेरि आगामी चुनाव लड्ने घोषणा गरिरहेका हुन ।
१२ वटा पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षले फेरि पनि त्यही पदमा दोहोर्याउने गरी उम्मेदवारी घोषणा गरिरहेका छन । विदुर नगरपालिकाको नगरप्रमुखमा कसले बाजी मार्ला भनेर चौतर्फी चर्चा हुन थालेको छ ।
कांग्रेसले विदुर नगरपालिकामा कसलाई उम्मेदवार बनाउँछ भन्ने चर्चा बजारमा झन बढ्दो छ । हाल विदुरमा कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा नेताहरू धुव्र अधिकारी, भरत खड्का, हरिलाल श्रेष्ठ, तारा वहादुर कार्की, राजन श्रेष्ठ, गिता अमात्य, बद्री रिमाल, मछिन्द्र नरसिंह प्याकुरेल, फैसिङ तामाङलगायतको चर्चा रहेको छ । तर कांग्रेसको पहिलो रोजाई धुव्र अधिकारी नै बन्न सक्छन् ।
यस्तै एमालेमा मेयरको लाइनमा पनि एक दर्जन नै छन् । एमालेबाट मेयरको आकांक्षीहरुमा हालका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, नेताहरु बुद्धि प्रधान, गणेश श्रेष्ठ, अनुज कुमार श्रेष्ठ लगायत रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट प्रभा बोगटी लिलानाथ न्यौपाने लगायत रहेका छन ।
निर्वाचन नजिकिएसँगै जिल्लामा नेताहरु चुनावी अभियान लिएर घरदैलोमा हिँडीरहेका छन भने केन्द्रिय नेताहरु समेत जिल्लामा धाइरहेका छन् ।
कतिपय जनप्रतिनिधिमा आगामी चुनावमा फेरि पनि प्रतिस्पर्धा गर्ने उत्कट चाहना देखिनछ । महिलाको उपस्थितिलाई अरूले स्वीकार्न नचाहेको भए पनि उनीहरुमा स्थानीय तहको प्रमुख भएर काम गर्न सक्ने आत्मविश्वास भने पलाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया