नुवाकोटमा आगलागीबाट ३ घर नष्ट, ५३ लाख बराबरको धनमालमा क्षति

विदुर खबर २०७८ चैत ५ गते १७:५३

नुवाकोट। ककनी गाउँपालिका ३ चाउथेमा आगलागीमा परेर ३ वटा घर नष्ट भएको छ ।

Advertisement

स्थानीय मैते तामाङ, बुद्धि तामाङ र सागर तामाङको घरमा आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ । आगलागीमा ५३ लाख रुपैयाँभन्दा बढीको धनमालमा क्षति पुगेको छ ।  जिल्ला दैवी प्रक्रोप व्यवस्थापन समितिले अग्निपीडितलाई लत्ताकपडा, नगद, भाँडाकुँडालगायत अत्यावश्यक वस्तुहरु प्रदान गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

आगो स्थानीय, ककनीबाट खटिएको प्रहरी टोलीले निभाएका थिए । करेन्ट सट भएर आगलागी भएको अनुमान छ ।

Advertisement

प्रतिक्रिया