त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेद्वारा पदवहाली
नुवाकोट । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट अस्पतालको अध्यक्षमा पुनर्बहाली भएका त्रिशूली अस्पताल ब्यवस्थापन तथा संचालन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले शुक्रवारबाट पुनः कार्यभार सम्हालेका छन ।
अस्पतालमा आयोजित एक कार्यक्रमका विच अध्यक्ष न्यौपानेले पुन पदभार ग्रहण गरे का हुन् । अध्यक्ष न्यौपानेले अस्पताल जस्तो पवित्र संस्थालाई कसैको स्वार्थसिद्धीको माध्यम बनाइनु नहुने बताए । उनले पदमा रहुञ्जेल अस्पतालको बिकास र सुधारका लागि विगतमा क्रियाशिल रहेको भन्दै आगामी दिनमा पनि अस्पतालको विकास र कर्मचारीहरुको क्षमता बृद्धि गर्ने प्रतिबद्धता जनाए ।
यसअघि अस्पतालका अध्यक्ष न्यौपानेलाई हटाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विदुर नगरपालिका वडा नम्बर ९ का राजु पंडितलाई अध्यक्ष तोकेको थियो ।
तर पडितले पदबहाली गरेकै दिन सर्वोच्च अदालतको अन्तरिम आदेशबाट न्यौपाने अध्यक्ष पदमा पुर्नबहाली भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया