नुवाकोटको बन्चरेडाँडामा यसरी बन्दैछ ल्याण्डफिल साइट

विदुर खबर २०७८ फागुन २१ गते १८:५४

नुवाकोट । काठमार्डौ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने मुख्य उद्देश्य सहित बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम यही चैत्रभित्र सम्पन्न हुने भएको छ ।

Advertisement

धादिङ र नुवाकोट जिल्लाको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम अन्तिम चरणमा पुगेको हो । सेल वान सम्पन्न  भएर सञ्चालन हुने अवस्थामा रहेको छ भने सेल टु आगामी एक महिनाभित्र सम्पन्न हुने गरी तीव्र गतिमा काम भइरहेको छ । निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइटको आज शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थलगत रूपमा निरीक्षण गरेर आगामी एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उहाँले काठमाडौं उपत्यकाभित्र फोहोर नउठ्नुमा शहरी विकास मन्त्रालयको कुनै पनि दोष नरहेको बताउँदै भन्नुभयो,‘हाम्रो कारणले फोहोर उठन नसकेको होइन, सेल वानमा फोहोर फयाक्ने तयारी अवस्थामा छ, हामीले काठमाडौं महानगरपालिकालाई फोहोर फ्याँक्न पनि भनिसकेको छौ, सेल टुको काम सम्पन्न हुने अवस्थामा रहेको छ ।’

Advertisement

ल्यान्डफिल साइटमा बाँकी रहेको काम तीव्र गतिमा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भन्नुभयो,‘कुनै पनि बहानाबाजीमा अब ढिलासुस्ती स्वीकार्य छैन, चैत्रभित्र कुनै पनि हालतमा काम सम्पन्न हुनुपर्छ ।’ सिसडोलबाट पाठ सिक्दै नयाँ प्रविधि प्रयोग गरेर ल्यान्डफिल साइटको निर्माण गरिएको बताउँदै उहाँले अब उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया