त्रिशुली अस्पतालका अध्यक्ष पण्डितद्धारा पदभार ग्रहण
विदुर खबर
२०७८ फागुन १३ गते १८:३५
नुवाकोट । त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले शुक्रवार पदभार ग्रहण गरेका छन् ।
स्वास्थ्य मन्त्रालय वागमती प्रदेशबाट अस्पतालको अध्यक्ष पदमा नियुत्त भएका पण्डितले शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया