नेवा : देय दबू विदुर नगर कमिटिको अध्यक्षमा डंगोल
विदुर । नेवार समुदायको राष्ट्रिय संघठन नेवा : देय् दबू, विदुर नगर कमिटिको अध्यक्षमा विराटमान सिंह डंगोल निर्वाचित भएका छन् ।
बुधवार भएको भेलाले डंगोलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
भेलाले बरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष मनिषमान राजभण्डारी, सचिव सरोज श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेश्वर अमात्यलाई चयन गरेको छ ।
यस्तै कमिटको सदस्यहरुमा प्रविन किशोर डंगोल, रमेश लाल श्रेष्ठ, नवराज श्रेष्ठ, पुष्प श्रेष्ठ, नविन चित्रकार, रामशरण श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तै अन्य सदस्यरुमा कृष्ण गोपाल श्रेष्ठ, सुरज लवट, रबिन श्रेष्ठ, कुमार श्रेष्ठ, प्रविण राज श्रेष्ठ रहेका छन् ।
नगर कमिटि घोषणा कार्यक्रममा जिल्ला सभापति राम प्रसाद जोशी, नेवाः देय् दवु बाग्मती प्रदेश सदस्य नरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।
नेवारी समुदायको हकहित,भाषा,भेषभुषा कलासंस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष डङ्गोलले जानकारी दिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामप्रसाद जोशीले जिल्लामा विभिन्न नेवारी संघ संगठनहरु भएता पनि सक्रिय रुपमा अगाडी बढ्न नसकेको बताए । उनले आगामी दिनहरुमा नुवाकोटका १२ वटै स्थानीय तहमा नेवा दबुको विस्तार गर्दै लैजाने बताए ।
यस्तै बाग्मति प्रदेश सदस्य नरेन्द्र प्रधानले संस्थाको बिधान अनुसार देशको सबै वडा, पालिका, जिलला र प्रदेश कमिटी गठन गर्ने क्रममा जिल्लाका सबै वडा पालिकाको भेला अधिबेशन गरी नुवाकोटका नेवारहरुलाई संगठित गराई नेवारको हकहितको साथै भाषा संस्कृति र परम्पराको संरक्षण गर्दै जाने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया