युएईद्धारा नेपालसामु १७६ लक्ष्य प्रस्तुत
विदुर खबर
२०७८ फागुन १० गते १७:३६
नुवाकोट । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य पेश गरेको छ ।
टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुआत गरेको थियो । निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे । अरविन्द ४६ रन बनाएर आउट भए । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।
१६ ओभरपछि खेल नियन्त्रणमा राखेको नेपालले त्यसयता पाँच विकेट लिन सफल रह्यो । अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया