आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

विदुर खबर २०७८ फागुन ८ गते ८:३६

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

Advertisement

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मटितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको छ। 

त्यस अनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ, डिजेल प्रतिलिटर १२८ र  मटितेल प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ ।

Advertisement

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया