बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु

विदुर खबर २०७८ फागुन ५ गते १४:२६
सांकेतिक तश्वीर ।

नुवाकोट । बालाजुमा सडक दुर्घटनामा परी दुई जना पैदलयात्रुको मृत्यु भएको छ ।

Advertisement

बिहीबार बिहान ६ बजेतिर बसको ठक्करबाट अन्दाजी १८ वर्षीय विकास तामाङ र एक अधबैंसे महिलाको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका एसपी सञ्जिव शर्माले जानकारी दिए । बालाजुको गंगा हल नजिकै बाटो काट्ने क्रममा उनीहरुलाई बसले ठक्कर दिएको हो ।

घाइते अवस्थामा फेला परेका उनीहरुको त्रिवि शिक्षण अस्पातल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको एसपी शर्माले बताए ।

Advertisement

घटनाका बारेमा प्रहरीबाट थप अनुसन्धान भइरहेको र ठक्कर दिने बसको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया