इमर्जिङ्ग नेपालको आईपीओ बुधबार बाँडफाँट हुने

विदुर खबर २०७८ फागुन ३ गते २१:२४

नुवाकोट । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली बुधबार बाँडफाँट हुने भएको छ ।

Advertisement

कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोली बाँडफाँट हुने भएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोली बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले आजै प्रिअलटमेन्ट सकाएर भोली बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

Advertisement

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३.८७ गुणा बढी हुन आउँछ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस अनुसार २३ लाख ६४ हजार भन्दा बढीले शेयर नपाउने देखिन्छ ।

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया