नुवाकोटमा एमसीसीविरुद्ध युवाहरुको प्रर्दशन
विदुर खबर
२०७८ माघ २६ गते २०:१४
नुवाकोट । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) राष्ट्रको हितमा नरहेको भन्दैँ नुवाकोटमा युवाहरुले प्रदर्शन गरेका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी युवाहरुको आयोजनामा एमसिसिविरुद्ध बट्टार बजारमा प्रर्दशन भएको हो । एमसीसी कार्यान्वयन भए नेपाल र नेपालीको हित बिपरितका काम हुने भएकाले यसको अविलम्ब खारेजीको माग गर्दै नेपाल सरकारलाई दबाब दिने उद्धेश्यले विरोध कार्यक्रम गरिएको युवाहरुले बताएका छन् ।
एमसिसि देशको लागि घातक हो भन्दैँ युवाहरुको समुहले एमसिसि खारेज गर , ५५ अर्बमा देश बेच्न पाइदैन , अमेरीकी हस्तक्षेप बन्द गर, अमेरीकी सेना चाहिदैन , राष्ट्रिय स्वतन्त्रता कायम गर लगायतका नाराहरु लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।
एमसिसिको बिरोधमा बट्टार क्याम्पस अगाडी युवाहरुले शाान्तिपुर्ण प्रर्दशन गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया