नुवाकोटमा कोरोना संक्रमित घट्न थाले

विदुर खबर २०७८ माघ २५ गते १३:०७

नुवाकोट । नुवाकोटमा पछिल्लो दुईसाता यता कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो दुईसाता यता जिल्लामा कोरोना संक्रमितको संख्या घट्न थालेको हो । कोरोना संक्रमितको संख्या घट्न थालेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या समेत घट्न थालेको छ ।

झण्डै ५ सयको रेखा नजिक पुगेको सक्रिय संक्रमितको संख्या मंगलवारसम्ममा एकसय ६२ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लामा ४५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या घटेको हो । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ९ हजार ८४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १० जनाको एन्टीजेन परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार २ सय ५८ पुगेको छ । जिल्लामा हालसम्म ५२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा हालसम्म३० हजार ६ सय ४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया