नुवाकोट आज ३६ जना कोरोना संक्रमणमुक्त

विदुर खबर २०७८ माघ २२ गते १४:३१

नुवाकोट । नुवाकोट आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ९ सय ७९ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २९ जनाको पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार २ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । विदुर नगरपालिकामा १३ जना संक्रमित भेटिँदा किस्पाड गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यस्तै बेलकोटगढी, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र म्यागड गाउँपालिकामा समान एक एक जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म ३० हजार ५ सय ९५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया