प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु
विदुर खबर
२०७८ माघ २२ गते ९:१५

नुवाकोट । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।
जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया