बट्टार क्याम्पसको अध्यक्षमा श्रीराम श्रेष्ठ

विदुर खबर २०७८ माघ १९ गते १९:५१

नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

Advertisement

आज बुधवार बसेको क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सचिव समेत रहेका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत हुन । क्याम्पसको पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठले समाजसेवा, राजनीति, लेखन र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका आएका छन् ।

संचालक समितिको पदाधिकारी निर्वाचित भएपछि सामुहिक रुपमा तश्वीर खिचाउँदै पदाधिकारीहरु ।

क्याम्पसको छैटौं साधारणसभाले लीलानाथ न्यौपाने, मोहन बहादुर खड्का, सुरेन्द्र भण्डारी, केदार डोटेल, बद्रिप्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना, भगवती खनाल र राजाराम अधिकारीलाई सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।

Advertisement

यससँगै लामो समयदेखि विवादित बनेको बट्टार क्याम्पसको संचालक समितिले बैधानिकता समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया