सेयर बजार हरियाली
नुवाकोट । साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले फड्किएको छ।
आइतबार शेयर बजार मापक सूचक १०५.५५ अंकले बढ्यो। मिनी सरकार भनिने गठबन्धनका दलहरूले स्थानीय निर्वाचन आउने जेठमा गर्नुपर्छ भन्ने प्रारम्भिक सहमति गरेको खबर सार्वजनिक भएसँगै शेयर बजारले यु टर्न मारेको हो। निर्वाचनको खवरले जबरजस्त तरिकाले माथिल्लो बिन्दुमा बजार पुगेकाे भएपनि उक्त वृद्धि कायमै रहनेमा भने लगानीकर्ताहरू पूर्ण आश्वस्त छैनन्। किनकि बजारमा अन्य आधार बलिया नभएकाले टिकाउ हुनेमा शङ्का गरेका हुन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।
आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ ।सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया