सुनको मूल्य एकैदिन ९ सय रुपैयाँले घट्यो
विदुर खबर
२०७८ माघ १३ गते ११:५३
नुवाकोट । बुधवार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार पून: तोलामा ९ सय रुपैयाँले घटेको छ ।
बिहीबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भएर प्रततितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८१५ .२० डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २३ .२९ डलर छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया