तीनमहिने बालकको निसास्सिएर मृत्यु

नुवाकोट । भक्तपुरमा तीनमहिने बालकको निसास्सिएर मृत्यु भएको छ ।

भक्तपुर सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीनमहिने छोराको निसास्सिएर मृत्यु भएको हो ।
शनिबार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीनमहिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा तीनै जना अचेत अवस्थामा फेला पारेका थिए ।
तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार बिहान तीनमहिने बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अभिषेक र पसुना दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा विगत २ वर्षदेखि उनीहरू डेरा गरी बस्दै आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया