ललितपुरमा बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
विदुर खबर
२०७८ माघ ५ गते १८:२५

नुवाकोट । जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।

कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र धेरैजना होम आइसोलेसनमा रहेको भन्दै प्रशासनले बिहीबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। यस्तै, माघ ७ गतेदेखि सार्वजनिक निकाय र स्थलहरुमा प्रवेश गर्न खोप कार्य अनिवार्य गरिएको छ।
सम्बन्धित
प्रतिक्रिया