जाडोले हिटरको व्यापार उच्च
![](https://www.bidurkhabar.com/wp-content/uploads/2022/01/Heater.jpg)
नुवाकोट । चिसो मौसमका कारण बजारमा अत्यधिक रुपमा हिटर बिक्री भएको छ । जाडोबाट बच्नका लागि सबैभन्दा बढी प्रयोग हुने हिटर जाडो मौसम प्रवेश लगत्तै अत्यधिक हिटर बिक्री हुन थालेको हो ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
गर्मी मौसममा अत्यधिकरुपमा फ्यान बिक्री भए जस्तै जाडोको मौसममा हिटर बिक्री हुन्छ । त्यसैले, व्यवसायीहरूले सोहीअनुसार बजारमा सामग्री आयात र बिक्री वितरण गर्दछ । अहिले चिसो मौसम भएका कारण हिटर अत्यधिक रुपमा बिक्री हुन थालेको व्यवसायीहरूको भनाइ छ ।
अनामनगरस्थित रहेको एसएमएस किचन स्टोरका सञ्चालक मिना श्रेष्ठले जाडोका कारण हिटर अत्यधिक बिक्री भएको बताइन् । उनकाअनुसार अन्य वर्षको तुलनामा यो वर्ष बढी भएको छ ।
‘हरेक चिसो मौसममा हिटरको बिक्री हुने गर्दछ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘तर, यो वर्ष विगतको तुलनामा धेरै बिक्री भएको छ ।’
बजारमा सामान्य परिवारलेसमेत जाडोमा हिटर किनेर प्रयोग गर्न सक्ने प्रकारका हिटर उपलब्ध छन् । जसले गर्दा आफ्नो परिवारको आकारको हिसाबले हिटर किन्न सक्ने उनको भनाइ छ ।
उनले विगतको दिनमा दैनिक ७/८ वटा हिटर बिक्री गर्दै आएकोमा यो वर्ष भने दैनिक १० देखि १५ वटा बिक्री भएको जानकारी दिइन् ।
त्यस्तै, शान्तिनगरस्थित साई इलेक्ट्रोनिक्स प्रालिका सञ्चालक गोविन्द केसीले दैनिक २५ वटासम्म हिटर बिक्री भइरहेको बताए । उनले गत वर्ष दैनिक मुस्किलले १५ वटा बिक्री गरेका थिए । अहिले भने हिटर बढी किन्न थालेको उनको भनाइ छ ।
‘मैले जाडो महिना शुरु भएसँगै १ सय वटा हिटर ल्याएको थियो,’ उनले भने, ‘उक्त हिटर केही दिनमै बिक्री भयो ।’
जाडो मौसमको शुरुवातीमा बढी बिक्री भएको हिटर अहिले भने कम हुँदै गएको उनको अनुभव छ ।
त्यस्तै, पहिलो चरणम १ सय वटा हिटर बिक्री गरेको केसीले पुनः १ सय हिटर ल्याएर बिक्री गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया