ईनारपाटी कृषि सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको श्री ईनारपाटी कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण शानिवार सम्पन्न भएको छ ।

साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष भरत सडौलाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दे गरिवी निवारण, बेरोजगारीको अन्त्य गर्ने र न्युन आय भएका आधारभुत वर्गको विकासको लागि सहकारी सदैव अगाडी रहेको बताए । उनले आर्थिक वर्ष २०७७÷७८ मा कोरोना भाइरसको कारण सहकारीले लक्ष्य अनुसारको कारोवार गर्न नसकेको भन्दै आगामी आर्थिक वर्षमा कारोवारमा पुर्ण सुधार गर्दै लैजाने बताए ।
यस्तै कोषाध्यक्ष टंक केसीले सहकारीको आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७८÷७९ को प्रस्तावित बजेट पेश गर्दे मासिक रुपमा ३ सय रुपैयाँ जम्मा गर्दै आएकोमा यस वर्षबाट थप दुईसय जम्मा गर्ने व्यवस्था मिलाइएको बताए । सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १६ हजार एकसय ३७ रुपैयाँ नाफा कमाउन सफल भएको कोषाध्यक्ष केसीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले आम्दानीतर्फ २ लाख ८२ हजार ६ सय ३७ रुपैयाँ कमाउँदा २ लाख ६६ हजार ५ सय रुपैयाँ खर्च भएको सहकारीका कोषाध्यक्ष केसीले जानकारी दिए ।
आठवर्षअघि स्थापना भएको ईनारपाटी कृषि सहकारी संस्था लिमिटेडमा अहिले ८६ महिला र एकसय पुरुष गरि एकसय ८६ जना शेयर सदस्य रहेका छन् । सहकारीको कुल शेयर चुक्ता पूजीं २१ लाख ४३ हजार ६ सय रुपैयाँ रहेको छ ।
सहकारीले चालु आर्थिक वर्षमा २१ लाख ४७ हजार ७ सय ९७ रुपैयाँ लगानी गरेको सहकारीले जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद जोशीले ईनारपाटी सहकारी वडा नम्बर ६ को ने नमुना सहकारी रहेको भन्दै यसलाई अझ सबल बनाउन सबैले पहल गर्नुपर्ने बताए । उनले सहकारीलाई जिल्लाकै नमुना बनाउन सबै शेयरसदस्यहरु लाग्नसपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया