नुवाकोटमा कोरोनाका संक्रिय संक्रमितको संख्या तीन पुग्यो
विदुर खबर
२०७८ पुष २२ गते १६:२०
नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन पुगेको छ ।
जिल्ला एकसाता कोरोनामुक्त भएपनि फेरि तीनजना सक्रिय संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार भेटिएका कोरोना संक्रमितमध्ये तारकेश्वर, किस्पाङ र सुर्यगढी गाउँपालिकाका समान एक÷एक जना रहेका छन् ।
उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ९३ पुगेको छ । यस्तै कोरोना निको हुनेहरुको संख्या ८ हजार ३ सय ४० पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।
Advertisement
यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । हालसम्म नुवाकोटमा २८ हजार ८ सय ५६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया