लागूऔषधिसहित धादिङका लेखबहादुर पक्राउ

विदुर खबर २०७८ पुष १६ गते १९:५६

नुवाकोट । महानगरीय प्रहरी परिसरले काठमाडौंको नरेफाँटस्थित तरकारी बजार सडकखण्डबाट लागूऔषधिसहित एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा धादिङ खनायबाँस गाउँपालिका घर भइ हाल काठमाको तारकेश्‍वर बस्‍दै आएका ४६ वर्षीय लेख बहादुर तामाङ रहेका छन् ।

शुक्रबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले विशेष सूचनाको आधारमा नरेफाँट तरकारी बजार सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट प्रहरीले लागू औषध २४६ एम्पुल नूफिन, २९२ एम्पुल फेनारगन र २८४ एम्पुल डाइजेपाम गरी ८९२ वटा र २ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Advertisement

प्रतिक्रिया