बिहीबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको प्रस्ताव
विदुर खबर
२०७८ पुष १४ गते १४:२२

नुवाकोट । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।

बिहीबार तमु ल्होसार भएकाले सार्वजनिक बिदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ।
‘हामीले भोलि बिदाको लागि क्याबिनेटमा प्रस्ताव लगेका छौं। उताबाट के निर्णय हुन्छ,’ गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै आएका छन्।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। राजपत्रमा सम्बन्धित धर्मालम्बीलाई दिने उल्लेख छ। सबैलाई दिनु पर्दा सरकारले निर्णय गर्नु पर्छ। क्रिसमसमा पनि सरकारले त्यही गरेको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया