हिँउ खेल्न नुवाकोटको ककनी र शिवपुरी उत्कृष्ट गन्तव्य

विदुर खबर २०७८ पुष १४ गते १३:४४

नुवाकोट ।  आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ ।

Advertisement

पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नुवाकोटमा पनि रातिदेखि नै पानी परेको छ । काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ पर्न थालिसकेको छ ।

शिवपुरी पनि हिउँ खेल्नको लागि आकर्षक गन्तव्य हो । काठमाडौंबाट नजिक एवं रमणीय ठाउँमा पर्ने यो क्षेत्रमा पनि हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्छ । यहाँ पुग्नको लागि सुन्दरीजल या बुढानीलकण्ठसम्म गाडीमा गएर त्यसपछि पैदल हिँड्नुपर्छ । बुढानीलकण्ठको लागि महाराजगञ्जबाट गाडी पाइन्छ भने सुन्दरीजल जानको लागि चावहिलबाट गाडी पाइन्छ । निकुञ्ज क्षेत्र भएकोले यहाँ जाँदा निकुञ्जको टिकट काटेर जानुपर्छ ।

Advertisement

नुवाकोटको ककनी पनि हिउँ खेल्न जाने उत्कृष्ट गन्तव्य हो । चिसो मौसममा काठमाडौंबाट नजिकको गन्तव्यमा रहेको यो क्षेत्र पुग्नको लागि निजी सवारी वा सार्वजनिक सवारीमा पनि जान सकिन्छ । यहाँ जानको लागि माछापोखरीबाट नागार्जुन हुँदै जाँदा सहज हुन्छ ।

यस्तै किस्पाङ गाउँपालिकाको फिकुरीमा पनि बाक्लो हिँमपात भएको छ ।

Advertisement

प्रतिक्रिया