बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजारमा कारोवार
विदुर खबर
२०७८ पुष ८ गते १४:३३
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/03/823-1584422409gold.jpg)
नुवाकोट । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया