नुवाकोटको त्रिशूली अस्पताल भवन हस्तान्तरण

विदुर खबर २०७८ मंसिर २४ गते ९:२८

नुवाकोट। जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

Advertisement

मंगलबार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जोङ सुकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई अस्पताल भवन हस्तान्तरण गरेका हुन् ।

त्यसपछि मन्त्री खतिवडाले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

Advertisement

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त अस्पताल भवन कोइकाले पोस्टडिजास्टर हेल्थ सर्भिस रिकभरी प्रोग्रामअन्तर्गत बनाइदिएको हो ।

भवन ५० शय्या क्षमताको छ ।

Advertisement

प्रतिक्रिया