राप बोर्ड बैठक बस्दै,कक्षा १२ को नतिजा आजै आउन सक्ने
नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोली सम्म प्रकाशित हुने भएको छ ।
बोर्ड स्रोतका अनुसार सकभर आज नभए भोली सम्म प्रकाशित हुने भएको छ । बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ओके भएपछि परीक्षाफल प्रकाशित गर्ने भएको छ ।
बोर्ड स्रोतका अनुसार डमीमा केही समस्या भए भोलीसम्म परीक्षाफल प्रकाशित गरिने भएको छ । सकभर आज नभए भोली बिहीबारभित्र परीक्षाफल प्रकाशित हुनेछ स्रोतले भन्यो ।भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा परीक्षामा परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए ।
कोभिडको कारण होम सेन्टर कायम गरेकोले यउो वर्षपनि एप्लस र ए ल्याउने विद्यार्थीके संख्या अधिक देखिने अनुमान गरिएाके छ ।
कोभिडको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले आजबाट परीक्षा दिएका छन् ।कोभिडका कारण परीक्षा दिन छुटेका ४१ जना विद्यार्थी परीक्षामा सहभागि छन । यी विद्यार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित हुने तयारी बोर्डले गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया