बागमती प्रदेश सभापतिमा केसीको उम्मेदवारी
नुवाकोट । बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केसी सभापतिमा लड्ने भएका हुन् ।
बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि पौडेल समूहले नुवाकोट जिल्लाका पूर्वसभापति केसीलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सात वटै प्रदेश कार्यसमितिका लागि उम्मेदवार टुंगो लगाउन पौडेल समूहले बुधबार मात्रै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएको थियो ।
बागमती प्रदेश सभापतिका लागि पौडेल समूहबाट केसीसहित काभ्रेका पूर्वसभापति मधु आचार्य, धादिङका पूर्वसभापति रमेश धमला, काठमाडौं जिल्लाका पूर्व सचिव राजुराज जोशीलगायत आकांक्षी थिए ।
बुधबार साँझ वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा लगायतको बैठकले केसीलाई छनोट गरेको हो ।
संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया