धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

नुवाकोट । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् ।अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए ।
पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् । उनलाई पूर्वकानूनमन्त्री दिलमान पाख्रिनको समर्थन थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए ।
यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए ।
सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् ।
अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया