रोल्पाको घर्तीगाउँमा बस दुर्घटना हुँदा ४ को मृत्यु, १७ जना घाइते

नुवाकोट । रोल्पामा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट बेलुकी करिब ६ बजेतिर खसेको हो । प्रहरीका अनुसार घोराहीबाट बिहान हिँडेको ना ३ ख ५५१८ नम्बरको बस बेलुकी ५ बजेर ४० मिनेट जाँदा तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको हो ।
दुर्घटनापछि बसमा सवारमध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
दुर्घटना लगत्तै प्रहरीसहित स्थानीयहरु उद्धारका लागि जुटे पनि अँध्यारो भएकाले उद्धारमा ढिलाई भएको थियो । बसका १७ जना यात्रु घाइते छन् । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
प्रनाउ सुवेदीका अनुसार दुर्घटनापछि बसमा ठूलो क्षति पुगेको र मृतकमध्ये दुई जनाको शव चेपिएको अवस्थामा देखिएकाले जेसीभीको सहयोगले अन्यको खोजी गर्न थालिएको हो । घर्तीगाउँस्थित प्रहरी चेक पोस्टको रेकर्ड अनुसार उक्त समयमा १० जना मात्रै यात्रु रहेको र आधा घण्टाको दुरीमा दुर्घटना भएकाले थप यात्रुसमेत भएको अनुमानमा प्रहरीले जेसीभीको मद्दतमा उद्धार थालेको हो । बस दुर्घटना हुनुको कारण भने पत्ता लागेको छैन । प्रहरीका अनुसार चालकको अवस्था समेत पत्ता लागेको छैन ।
थप उद्धारका लागि सदरमुकामबाट प्रहरी र दुई वटा एम्बुलेसन्स पठाइएको छ । अघिल्लो साता घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया