नेपाल बन्दको प्रभाव नुवाकोटमा सामान्य
विदुर खबर
२०७८ कार्तिक ३० गते ७:५३
नुवाकोट । मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा सामान्य परेको छ ।
बन्दको कारण सार्वजनिक सवारी साधनहरू कम चलेका छन । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन ।
नुवाकोटबाट काठमाडौं जाने वसहरु निकै कम मात्रामा चलेका छन् । निजी कार र मोटरसाइकलहरू भने निर्वाध चलिरहेका छन ।
सडकमा विप्लवका कुनैपनि कार्यकर्ताहरु देखिएका छैनन । जिल्लाको विभिन्न चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया