नुवाकोटमा थप ५ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ कार्तिक २७ गते १८:२३

नुवाकोट । नुवाकोटमा आज थप ५ जनामा कोरोना संकमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३१ जनाको पिसिआर र एकजनाको एन्टीनो परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ५० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ५ नै जना विदुर नगरपालिकाका रहेका छन् । संक्रमितमध्ये २ पुरुष र ३ महिला रहेका छन् ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा हालसम्म २८ हजार ४ सय ५९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया